एकाबिहानै दार्चुलामा जीप दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौं । दार्चुलामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन्।

मालिकार्जुनबाट गोकुलेतर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको जिप बिहान ४ बजेतिर शैल्यशिखर नगरपालिका-६ मा ​ दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनाका मृतकहरूको शव घटनास्थलमै छ। उनीहरूको पहिचान खुलिसकेको छैन। उद्धार कार्य जारी रहेको छ।

घाइतेहरूलाई उपचारका लागि गोकुले अस्पताल पठाइएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *