प्रहरीका ३ डीएसपीको काज सरूवा, को-कहाँ पुगे ?



काठमाडौं । प्रहरी प्रधान कार्यालय नेपाल प्रहरीका ३ जना प्रहरी नायब उपरिक्षक (डिएसपी)को काज सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं उपत्यका प्रहरी कन्ट्रोल रानीपोखरी दरबन्दी भएका किशोर लम्साललाई जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको छ भने पर्साका डिएसपी दिपक भारतीलाई हेडक्वार्टरको सुरक्षा सेवा व्यवस्थापन महाशाखामा काज सरुवा गरिएको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी लक्ष्मी खनाललाई हेडक्वार्टरको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयमा काज सरुवा गरिएको छ ।

May be an image of map, blueprint and text