यसपालि राष्ट्र बैंकबाट नआउने भयो दसैं !

काठमाडौं । दसैं भन्ने बित्तिकै नयाँ नोट, नयाँ लुगा, मिठो खाने भनेर उत्साहित हुने चाड हो । नेपालीहरुको सबैभन्दा ठूलो चाडका रुपमा मानिएको दसैंलाई नै लक्षित गरी नेपालीहरुले आप्mनो कर्म गरिरहेका हुन्छन् । तर यसपटक भने नेपालीहरुका लागि एउटा तहबाट दसैं नआउने भएको छ । अर्थात्, नयाँ नोट नपाउने भएका छन् ।

हरेक वर्ष दसैँका लागि नयाँ नोट बाँड्दै आएको नेपाल राष्ट्र बैङ्कले यस पटक सुकिला नोटले काम चलाउने भएको हो । दसैँतिहारलक्षित नयाँ नोट सटही सुविधा प्रदान गर्दै आएको राष्ट्र बैङ्कले खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको हो ।

खर्चको व्यवस्थापन गर्न राष्ट्र बैङ्कले केही वर्षअघिदेखि नयाँ नोटको सट्टा सुकिला नोट दिने अभ्यासलाई अघि बढाउने योजना बनाए पनि अगाडि बढेको थिएन ।

राष्ट्र बैङ्कका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलले पुराना सुकिला नोट सटही गरिदिने तर नयाँ नोट नदिने जानकारी दिए । यस पटक दसैँमा नयाँ नोट वितरण नहुने भन्दै पोखरेलले आवश्यक हुनेलाई बजारबाट फिर्ता आएकामध्येबाट सुकिला नोट दसैँमा दिने बताए ।।

दसैँको मनोविज्ञान नै नयाँ नोटसँग जोडिएको हुँदा सर्वसाधारणलाई केही असजिलो लाग्ने भए पनि बिस्तारै सामान्य अवस्थामा आउने राष्ट्र बैङ्कको अपेक्षा रहेको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्न र नोट छपाइ खर्च कम गर्न यस्तो निर्णय गरेको राष्ट्र बैङ्कले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *