ओली र देउवाले उद्घाटन गरेसँगै सुरू भयो टुँडिखेलमा गौरापर्व



काठमाडौं । राजधानीको टुँडिखेलमा गौरा पर्व मनाइँदै गरेको छ ।

गौरा पर्व विशेष कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

उक्त कार्यक्रममा भीम रावललगायत सुदूरपश्चिमका नेताहरुको उपस्थिति रहेको थियो ।

सुदूरपश्चिम प्रदेशमा विशेष रुपमा मनाइने गौरा पर्व उपत्यकामा बसोबास गर्दै आएका सुदूरपश्चिमबासीले पनि हरेक वर्ष मनाउँदै आएका छन् ।