सेनाका लेफ्टिनेन्ट पौडेलले हात पारे बेलायतमा अन्तर्राष्ट्रिय अवार्ड



काठमाडौं । नेपाली सेनामा कार्यरत उपसेनानी (लेफ्टिनेन्ट) कल्याण पौडेलले बेलायतमा अवार्ड हात पारेका छन् ।

सेनाका तर्फबाट बेलायतको इन्फेन्ट्री ब्याटल स्कुलमा तालिमरत उपसेनानी पौडेलले टप इन्टरनेशनल स्टुडेन्ट्स अवार्ड हात पारेका हुन् ।

रोयल मिलिटरी एकेडेमी स्यान्ड्रसमा नेपालको प्रतिनिधित्व गर्दै १ वर्षको तालिम उत्कृष्ट नतिजाका साथ सम्पन्न गरेका नेपाली सेनाले जनाएको छ।

पौडेल हाल बेलायतकै इन्फेन्ट्री ब्याटल स्कुल बेरेकोनको प्लाटुन कमान्डर डिभिजनमा तालिमरत छन्।

सन् २०२४ जुन ९ देखि अगस्ट १६ सम्म सञ्चालन भएको तालिममा विभिन्न राष्ट्रका ९ जना र ७६ जना बेलायती इन्फन्ट्री अधिकृतहरू सहभागी थिए।

८५ प्रशिक्षार्थीमध्ये उपसेनानी पौडेल उत्कृष्ट भएका हुन्। नेपालबाट यो अवार्ड जित्ने पौडेल दोस्रो अधिकृत हुन्।