त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब १८ घण्टा मात्रै सञ्चालन हुने



काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब १८ घण्टा मात्र सञ्चालन हुने भएको छ । चैत १५ गतेदेखि नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल १८ घण्टा मात्र सञ्चालन गर्ने निर्णय गरेको हो ।

झन्डै २ वर्ष अगाडिदेखि २१ घन्टा सञ्चालनमा रहेको विमानस्थल फेरि ३ घण्टाको समय घटाएर १८ घण्टा मात्रै सञ्चालनमा ल्याउने निर्णय भएको छ । अहिले बिहान ६ बाट रातको ३ बजेसम्म विमानस्थल सञ्चालन हुँदै आएको थियो ।

तर, कोभिडपछि हवाई उडानको संख्या पनि कम रहेको भन्दै प्राधिकरणले हवाई चाप नबढ्दासम्म गृष्मकालीन उडान सुरु भएसँगै विमानस्थल १८ घण्टा सञ्चालन गर्ने निर्णय गरेको प्राधिकरणले जनाएको छ ।