मेट्रोमा किरणको इन्ट्री हुँदा सिआईबीमा दिपक थापा, श्याम ज्ञवाली हेडक्वार्टर



काठमाडाैं । नेपाल प्रहरीका तीनजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा तथा बढुवा भएका एकजना एआईजीलाई पदस्थापन गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजी दीपक थापा, किरण बज्राचार्य र श्यामलाल ज्ञवालीको सरुवा तथा एआईजी बढुवा भएका रामदत्त जोशीलाई पदस्थापन गरेको हो । बैठकले नवनियुक्त एआईजी जोशीलाई नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग, नक्सालमा पदस्थापन गरेकाे छ ।

यस्तै काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखको पनि सरुवा गरिएको छ ।

सरुवा अनुसार हाल मेट्रो, रानीपोखरीका प्रमुख एआईजी दिपक थापालाई सीआईबी, लाजिम्पाट र नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागकी एआईजी किरण बज्राचार्यलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको छ ।

थापालाई सीआईबीमा पठाइएसँगै त्यहाँस्थित श्यामलाल ज्ञवाली नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभाग, नक्सालमा ल्याइएको छ ।