आजको राशिः कुम्भले ठूलो लगानी नगर्नु, अन्यले के गर्नु/नगर्नु ?

काठमाडौं । आज २०८१ साल साउन १८ गते शुक्रबार तदनुसार सन् २०२४ अगष्ट २ तारिख। साउन कृष्ण पक्षको त्रयोदशी तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दिन सामान्य छ। तपाईंको व्यापार र व्यवसायमा मन्दी हुनसक्छ। अधिकारका लागि संघर्ष गर्नुपर्ने दिन छ। वैदेशिक रमझमले मन तान्नेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : दैनिकी रमाइलो छ। थोरै प्रयासले नाफा बढ्नेछ। लगानीका लागि हिम्मत गर्नु राम्रो हुनेछ शिक्षामा गरेको लगानीले उत्साह बढाउने छ। राजनीतिक क्षेत्रमा राम्रो पहुँच रहनेछ। परिवारको सहयोगले दैनिकी शान्त बन्नेछ।

मिथुन : आफ्नो प्रशंसा गर्ने बानीले पश्चाताप हुनेछ। समाजसेवा भन्दा निजी काममा व्यस्त हुँदा मनमा खटपटी बढ्नेछ। साथीले असहयोग हुनेछ। अपरिचित व्यक्तिको सहयोग सम्झन लायक बन्नेछ। परिवारको तर्फबाट रचनात्मक सहयोग प्राप्त हुनेछ।

कर्कट : समय राम्रो छ। आम्दानी बढ्नेछ। व्यापारमा सानो चलाखी गरेमा ठुलो उपलब्धि प्राप्त हुनेछ। तर सम्पत्तिको पछाडि लागेमा समाजमा बदनाम हुने जोखिम देखिन्छ। सम्पत्तिको नाममा आफन्तमा विवाद बढ्ने खतरा छ। पश्चिमको लामो यात्रामा नजानु राम्रो होला।

सिंह : आफूले आफूलाई नियमन गर्न नसक्दा खराब बोली सार्वजनिक हुनेछ। तपाईंको श्रमको उचित मूल्यांकन हुने दिन छ। वैदेशिक क्षेत्रको रमझमले आकर्षण बढ्नसक्छ। परिवारमा बौद्धिक विवाद बढ्ने जोखिम हुनसक्छ।

कन्या : दैनिकी राम्रो छ। प्रगति गर्दै गर्दा आफ्नो मूल्य भुल्ने खतरा हुनसक्छ। लगानीको अवसर प्राप्त हुनेछ। साथीको सहयोगले राजनीतिमा सफलता प्राप्त होला। चाकडी गर्न सकेमा व्यक्तिगत लाभ मिल्नेछ। परिवारमा तपाईंले विश्वास गुमाउने जोखिम रहेको छ।

तुला : धेरै मानिसको विश्वास जित्न सक्नुहुनेछ। राजनीतिक क्षेत्रमा मन जानेछ। समाजसेवाको अवसर प्राप्त हुनेछ। कला र गलाको प्रशंसा गर्ने धेरै छन्। परिवारसँग स्वार्थको सम्बन्ध धेरै मानिसले राखेकाले सचेत बन्नुपर्ने देखिन्छ।

वृश्चिक : दैनिकी भन्दा आर्थिक काममा अगाडि बढ्नु राम्रो हुनेछ। सहयोग गर्ने भन्दा ठगीमा सक्रिय भएर मिठो बोल्नेसँग सचेत बन्नुपर्ने समय छ। सामाजिक सेवाको अवसर मिल्नेछ। परिवारको साथ रहेको छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : दैनिकी राम्रो छ। लगानीको क्षेत्रबाट राम्रो आम्दानी हुनेछ। समाजमा तपाईंको मान र सम्मान बढ्ने योग छ। महान व्यक्तिसँगको भेटले मन शान्त हुनेछ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुन्छ।

मकर : सञ्चित धन खर्च हुनेछ। स्वदेशमै लगानीको अवसर जुट्नेछ। राज्यमा सेवाको अवसर प्राप्त हुनेछ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ। वैदेशिक क्षेत्रमा ठग सक्रिय भएकाले लगानी नगर्नु फाइदा हुनेछ।

कुम्भ : उल्टो बाटो हिँडेका शनिदेव तपाईंकै राशिमा आइपुगेका छन्। ठुलो लगानी नगर्नु राम्रो हुनेछ। धार्मिक कार्यमा बिहानै सहभागी भए दिन शान्त हुनेछ। जन्मकुण्डली देखाएर मात्र महत्त्वपूर्ण काम गर्नु राम्रो हुनेछ।

मीन : अनावश्यक क्षेत्रमा खर्च बढ्नेछ। महत्त्वपूर्ण ठाउँमा खर्च नगर्दा घाटा हुनेछ। जागिरमा बढुवा हुने योग छ। आफन्तबाट उचित सल्लाह मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। नयाँ ठाउँको यात्रा गर्ने अवसर मिल्नेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *