पाैडी खेल्दै गर्दा खोलामा बगे सपना र भावना

दुल्लु । पौडी खेलिरहेका एकै घरका दुई किशोरीलाई छामघाट खोलाले बगाएर ज्यान गएको छ।

महाबु गाउँपालिका–३ बाँसीका १५ वर्षीया फुपू सपना बुढा र १३ वर्षीया भतिजी भावना बुढाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिपक मगराठीले जानकारी दिनुभयो।

गाई–बाख्रा गोठाला गएका किशोरी छामघाटको कुण्टा रहमा पौडी खेल्दै गर्दा बगेका थिए। बगेको तीन किलोमिटर तल काफलखेत नजिक सपना र करिब सात किलोमिटर टाढा जडेपिपल नजिक भावनाको शव फेला परेको हो।

उद्धारको प्रयास भए पनि खोला धमिलो र बहाव पनि धेरै भएको कारण उद्दार गर्न नसकेको स्थानीय बिष्णु बुढाले बताए । मृतक दुबै जना मालिका मावि बाँसीको कक्षा ९ का विद्यार्थी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *