गणपति र एन्जल यातायातका यी २ बस, जुन ५१ यात्रुसहित त्रिशुलीमा अझै अज्ञात अवस्थामै छन्…



काठमाडौं । शुक्रबार एकाबिहानै मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा पहिरोमा परेका दुई यात्रुबहाक अहिलेसम्म भेटिएको छैन ।

बिहान साढे ३ बजे पहिरोमा परेका दुई यात्रुबहाक बस त्रिशुलीकै गर्भमा बिलीन भएका छन् । पछिल्लाे १२ घन्टादेखि ५१ बढी यात्रुसहित हराइरहेको बस खोजीका लागि अनेकन प्रयास जारी नै छ ।

अहिले घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका साथै स्थानीयहरु खोजी कार्यमा सक्रिय रहेका छन् ।

उक्त घटनामा परि ३ जना यात्रुहरु हाम्फालेर बाँच्न सफल भएका छन् ।

काठमाडौंबाट गौर जाँदै गरेको गणपति यातायात ०००१ ख २४९५ र वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स पहिरोमा परेर अहिलेसम्म भेटिएको छैन । बससँगै यात्रुहरूको अवस्था पनि अज्ञात नै छ ।