बोल्ड बालेनः छात्रवृत्ति नदिने निजी स्कुललाई बन्दको सूचीमा राख्ने महानगरको चेतावनी

काठमाडौं – काठमाडौँ महानगरपालिकाले निजी विद्यालयहरूलाई अनिवार्यरुपमा कम्तीमा १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउन निर्देशन दिएको छ ।

बिहीबार एक सूचना प्रकाशित गरेर काठमाडौं महानगरपालिकाले सो निर्देशन दिएको हो । काठमाडौं महानगरपालिकाले अहिले ४७३ निजी विद्यालयले छात्रवृत्ति दिएको विवरण पेश गरेको तथ्यांक पनि प्रस्तुत गरेको छ ।

महानगपालिकाको निर्देशन अटेर गर्ने निजी विद्यालयलाई तीन दिनभित्र विवरण पेश गर्न समयसीमा पनि तोकेको छ।

महानगरले रीतपूर्वक १० प्रतिशत छात्रवृत्ति उपलब्ध नगराउने निजी विद्यालयहरूलाई प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाही हुने चेतावनीसमेत दिएको छ ।

साथै त्यस्ता विद्यालयमा बालबालिका भर्ना नगराउन र गरेको भए अन्तै सार्न पनि महानगरले आग्रह गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *