छोरालाई आत्महत्या गर्ने तरिका सिकाउँदै ब्लेड दिएर पठाएपछि…

काठमाडौं । काठमाडौंको कागेश्वरी नगरपालिका ५ स्थित थलीमा मृत भेटिएका ५४ वर्षीय कृष्ण नगरकोटीको छोराले पनि आत्महत्या प्रयास गरेको प्रहरीले जानकारी दिएको छ।

छोरा २१ वर्षीय रिचेन नगरकोटीले आत्महत्या गर्न खोजिरहेको अवस्थामा प्रहरीले उद्धार गरेको छ। छोरी २९ वर्षीया रश्मी नगरकोटीलाई भने प्रहरीले सेतोपुलबाट नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार कृष्णको छोराछोरी नै मानसिक अवस्था ठीक नभएको पाइएको छ ।

कृष्णले छोरा रिजेनलाई ब्लेडले घाँटी काटी आत्महत्या गर्नका लागि दुईवटा ब्लेड र १ सय २५ रुपैयाँ गाडी भाडा दिएर पठाएको समेत खुलेको छ ।

प्रहरीका अनुसार कृष्णको शवको अवस्था  र रिजेनले आत्महत्या गर्न लागेको तरिका उस्तै देखिएकोले कृष्णले पनि आत्महत्या गरेको हुने प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

आज बिहान साढे ५ बजे घाँटी रेटिएको अवस्थामा कृष्णको शव थली ओरालो नजिक बन्दै गरेको ढुंगाको पर्खालको छेउमा भेटिएको थियो। उनको साथमा रहेको ड्राइभिङ लाइसेन्सबाट नगरकोटीको पहिचान खुलेको थियो ।

null

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *