ड्युटी सकेर घर जाँदै गरेका ट्राफिक जवान घिमिरे मृत फेला

काठमाडौं – काठमाडौंमा एक प्रहरी जवान मृत फेला परेका छन्। आज (शुक्रवार) राति प्रहरी जवान युवराज घिमिरे मृत अवस्थामा फेला परेका हुन्।

दरबारमार्ग ट्राफिकमा कार्यरत उनी बालाजुस्थित मनमैजुमा मृत भेटिएको बताइएको छ।

स्रोतका अनुसार उनी ड्युटी सकेर घरतर्फ जान लागेका थिए। अनुहारमा चोट देखिएका उनको प्रारम्भिक अनुसन्धानमा हत्या भएको हुनसक्ने प्रहरीको आशंका गरेको छ।

उनी ट्राफिक पोसाकमै मृत फेला परेका हुन्।

अनुहार चोट देखिएकाले प्रारम्भिक अनुसन्धानमा उनको हत्या भएको आशंका प्रहरीले गरेको छ ।  निर्माणाधीन घरको तल उनी मृत अवस्थामा भेटिएका हुन् । शव भेटिएलगत्तै प्रहरीको केनाइन शाखाबाट तालिम प्राप्त कुकुरलाई पनि घटनास्थलमा लगिएको छ ।

खोटाङ घर भएका घिमिरे सामाखुशीमा बस्दै आएका थिए ।

अहिले घटनास्थलमा प्रहरी खटिएको छ भने थप विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *