खानेपानीको बाँध हेर्न गएका सेनाका प्युठ ओलीले गुमाए भीरबाट लडेर ज्यान

धनगढी । नेपाली सेनाका प्युठ धनबहादुर ओलीको मृत्यु भएको छ। खानेपानी बन्द भएपछि हेर्न गएका बाँकेको बैजनाथ गाउँपालिका–४ घर भएका उनको हिजो निधन भएको सेनाले जनाएको छ।

भीरबाट लडेर उनको ज्यान गएको हो। उनी बाजुराको हिमाली गाउँपालिका–५ स्थित सुरक्षा पोष्ट, तिथिचौरमा बाहिरी मुहानबाट आउने खानेपानी बन्द भएपश्चात् बनाउन भनेर ब्यारेकबाट निस्किएका थिए।

सो क्रममा भीरबाट लडेका उनको घटनास्थलमै मृत्यु भएको हो। अहिले उनको शव पोष्टमार्टमको लागि कोहलपुर लगिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *