दिदीबहिनीनै घरमै झुन्डिएको अवस्थामा मृत फेला

धनगढी – कैलालीमा दिदीबहिनी एकैदिन मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको घोडाघोडी नगरपालिका वडा नं. १० थेवरस्थित कलेशु चौधरीका २ छोरी सुत्ने कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार मृत फेला पर्नेमा उनकी छोरीहरू वर्ष २७ की श्रीमालु चौधरी र वर्ष २२ की ईन्द्रा चौधरी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीले उनीहरू दुबैजना काठले बनाएको टिनले छाएको घरको दोस्रो तलाको आफ्नै सुत्ने  कोठाको बल्लीमा दोपट्टाको पाँसो लगाई झुन्डिएको अवस्थामा भेटिएको जनाएको छ।

अहिले घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *