कालीगण्डकीमा एक घर एक धारा बनाइनेछः गाउँपालिका प्रमुख थापा



गुल्मी । गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिकाको मरम्पा बिसौनी खानेपानी आयोजना सम्पन्न भएको छ ।

गोर्खा वेल्फेयर टस्ट जर्सिको आर्थिक सहयोग मार्फत, गोर्खा वेल्फेयर टस्ट र उपभोक्ताहद्वारा मरम्पा बिसौना खानेपानी योजना सम्पन्न गरिएको हो ।

May be an image of text

आयोजना सम्पन्न भएसँगै विद्यालय, स्वास्थ्य चौकी, आमा समूहसहित धेरै घरधुरी प्रत्यक्ष लाभान्वित हुने गाउँपालिका अध्यक्ष वेदबहादुर थापाले जनाए ।

उनले पालिकाले सबै तहका खानेपानी समस्या समाधान गर्दै एक घर, एक धारा बनाउने जनाए ।

May be an image of 4 people, dais and text

उनले गाउँपालिका आगामी दिनमा पनि लागत साझेदारीमा काम गर्न तयार रहेको जनाउँदै आगामी दिनमा अन्य कार्यक्रम ल्याउन समेत आग्रह गरे । उनले पानीलाई आम्दानीसँग जोड्नुपर्ने भन्दै स्थानीय सरकारले आवश्यकता अनुसार कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।