भात अड्किएर चितवनमा एक जनाको मृत्यु



चितवन । चितवनमा एक व्यक्तिको भात अड्किएर मृत्यु भएको छ ।

रत्ननगर नगरपालिका वडा नम्बर ६, शान्तिटोल घर भएका ६८ वर्षका आइतराम कुमालको सोमबार बेलुका खाना खाने क्रममा अड्किदा ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी श्रीराम भण्डारीले जानकारी दिए ।

भण्डारीका अनुसार बेलुकाको खान खान लाग्दा कुमालको घाँटीमा भात अड्किएको थियो । भात अड्किएर बेहोस भएका उनलाई सोमबार बेलुका नै भरतपुर अस्पताल ल्याएपछि डाक्टरले मृत घोषित गरेका हुन् ।