यी हुन् भाग्यमानी बाबुआमा जसका दुवै सन्तानले एकैपटक उपसचिवमा नाम निकाले



काठमाडौं । लोकसेवा आयोगले लिएको उपसचिवको परिक्षामा एकैघरका दाजु बहिनी दुवैजना बढुवामा परेका छन् ।

लोकसेवा आयोगले मंगलबार प्रकाशित गरेको प्रशासन सेवा सामान्य प्रशासन समूहको उपसचिव वा सो सरहको पदमा अन्र्तर्वाताबाट वीरेन्द्रनगर–८ सुर्खेत घर भएका दाजु केशवप्रसाद उपाध्याय र बहिनी पूर्णिमा उपाध्याय परेका हुन् । केशव र पूर्णिमा वीरेन्द्रनगरका विष्णु प्रसाद उपाध्याय र विमता कुमारी उपाध्यायका छोरा र छोरी हुन् ।

योग्यताक्रमको सूचीअनुसार उनीहरुमध्ये पूर्णिमाले पहिलो नम्बरमा र केशवले दोस्रो नम्बरमा रहेका छन् । लोकसेवा आयोगले उपसचिव सरहको पदका लागि ४१ जनाको माग गरेकोमा ५३ जनाले अन्तर्वार्ता दिएका थिए ।

May be an image of 1 person and standing
पूर्णिमा उपाध्याय
May be an image of 1 person and standing
केशवप्रसाद उपाध्याय
No photo description available.