मेयर खाँणले गरे सामूदायिक विद्यालयमा बच्चा पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बीमाको घोषणा

स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिकाले सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिने कार्यक्रम अगाडी ल्याएको  छ।

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन यो कार्यक्रमलाई अगाडी ल्याइएको नगरप्रमुख देवबहादुर खाँणले जानकारी दिएका हुन् ।

यो कार्यक्रम नगरपालिका भित्रका सबै सामुदायिक बिद्यालयहरुमा लागू गरी सामूदायिक विद्यालयमा छोराछोरी पढाएमा अभिभावक तथा विद्यार्थीका लागि स्वास्थ्य बीमा लागू हुनेछ।

यस कार्यक्रमले सामुदायिक विद्यालयप्रति आकर्षण बढाउन सकिने र अभिभावक तथा विद्यार्थीका लागि अवसर पनि हुनेमा नगरप्रमुख  खाँणले विश्वास गरेका छन् ।

नगरपालिकाले विशेषगरी विकट तथा आर्थिक रुपले पिछडिएका क्षेत्रका अभिभावकको स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्राथमिकतामा राखिने पनि मेयर खाँणले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *