‘तपस्वी’ रामबहादुर थापा बम्जन बुढानीलकण्ठबाट पक्राउ



काठमाडौं । लामो समयदेखि प्रहरीको खोजीको सूचीमा रहेका ‘तपस्वी’ राम बहादुर बम्जनलाई पक्राउ परेका छन् ।

बम्जनलाई केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो ।

बम्जनको आश्रमबाट आनिसहित ४ जनालाई गायब बनाएको उजुरी परेपछि प्रहरीले लामो समयदेखि उनी फरार रहेका थिए । उनी राजधानीको बुढानीलकण्ठबाट पक्राउ परेको जनाइएको छ ।