प्रहरीमा अब अर्को पनि ‘ब्यूरो’ !

आईजी कुँवर भन्छन्, 'आर्थिक अपराध ब्यूरो स्थापनाको तयारी अन्तिम चरणमा'



काठमाडौं । नेपाल प्रहरीले आर्थिक अपराध हेर्ने छुट्टै ‘ब्यूरो’ स्थापना गर्ने भएको छ। प्रहरी महानिरिक्षक (आईजी) बसन्तबहादुर कुँवरले बैंकिङ कसुरसहितका वित्तिय अपराध अनुसन्धानका निम्ति अलग ‘ब्यूरो’ स्थापना गर्ने बताएका हुन्।

राजधानीमा आयोजित प्रदेशस्तरीय अपराध अनुसन्धान समिक्षाका क्रममा आईजी कुँवरले यस्तो घोषणा गर्दै गृहकार्य अगाडि बढेको पनि उनले जानकारी दिए।

देशको अर्थतन्त्रमा नै असर पार्नेगरी दुई सय प्रतिशतभन्दा बढीले आर्थिक अपराध बढ्नु राम्रो सूचक नभएका कारण पनि त्यसलाई अझ मिहिन अनुसन्धानका लागि फरक ब्यूरोको गृहकार्य अगाडि बढाइएको आईजी कुँवरको भनाई थियो।

उनले समाजमा आर्थिकसँगै साइबार अपराध, लागूऔषध दुर्व्यसनी, सामाजिक कसूरलगायत चुनौतीका रुपमा देखा परिरहेको उल्लेख गरे।

प्रहरीमा अहिले मानव बेचबिखन नियन्त्रण, लागुऔषध नियन्त्रण, साईबर ब्यूरोलगायत छन्।