नवलपुरको डण्डा नजिकै मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु



कावासोती – पूर्वी नवलपुरको डण्डा नजिकै भएकाे सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । देवचुली नगरपालिका-१५ बस्ने ५७ वर्षीय खडानन्द काफ्ले जैसीको मृत्यु भएको हो ।

जिल्ला प्रहरीका अनुसार कावासोती नगरपालिकाको डण्डा हुँदै गोरसतीतर्फ जाँदै गरेको लु ३ त ४९५५ नम्बरको ट्र्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको लु २९ प १५३५ नम्बरको मोटरसाइकलबीच ठक्कर खाँदा मोटरसाइकल चालक जैसीको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका जैसीको उपचारको क्रममा मध्यविन्दु अस्पतालमा शनिबार दिउँसो २ बजेतिर निधन भएको प्रहरीले जनाएको छ ।