इन्स्पेक्टरका लागि उमेर २७ वर्षसम्म !

प्रहरी ऐन संशोधनको तयारी



काठमाडौं । नेपाल प्रहरीको ऐन संशोधनको तयारी गरिँदैछ । संगठनको भर्नाका सम्बन्धमा समस्या देखा पर्न थालेपछि ऐनको संशोधन तयारी गरिएको हो ।

विशेष गरी प्रहरी निरीक्षक (इन्स्पेक्टर)को भर्नाका लागि मापदण्डका कारण न्यूनसंख्यामा दरखास्त परेपछि ऐन नै संशोधनको तयारी गरिएको जनाइएको छ ।

सरकारले २५ वर्षभित्र स्नातक पास गरेकाले इन्स्पेक्टरमा फर्म भर्न पाउने प्रावधानका कारण उमेर हद पनि बढाउनुपर्ने देखिएको हो । त्यससँगै इन्स्पेक्टरका लागि उमेर हद २७ वर्ष पुर्याउने प्रस्ताव गरिएको जनाइएको छ ।

नेपाल प्रहरीमा हाल लागू रहेको ऐनमा प्रहरीमा ३ तहमा मात्र भर्ना लिने व्यवस्था रहेको छ ।

प्रहरी जवानमा शतप्रतिशत खुला प्रतिस्पर्धाबाट भर्ना लिइन्छ भने प्रहरी सहायक निरीक्षक (असई) मा ४० प्रतिशत खुलाबाट र ६० प्रतिशत आन्तरिक प्रतिस्पर्धाबाट भर्ना लिइन्छ । त्यस्तै, इन्स्पेक्टरमा ६० प्रतिशत खुलाबाट र ४० प्रतिशत आन्तरिकबाट भर्ना लिने गरिएको छ ।