३ दिनसम्म बिजुलीको पोलमा बाँधेर कुटिइन् शारदा…



सिन्‍धुली । सिन्‍धुलीमा बिजुलीको पोलमा बाँधेर एक महिलामाथि निर्घात कुटपिट भएको छ ।

लेनदेनको विषयलाई लिएर कमलामाई नगरपालिका–४ की शारदा थापामाथि पोलमा बाँधेर निर्घात कुटपिट भएको हो ।

थापामाथि अमानवीय व्यवहार भएको सूचना पाएपछि आइतबार जिल्ला प्रहरी कार्यालय सिन्‍धुलीको टोलीले बाँधेकै अवस्थामा उद्दार गरेको छ ।

प्रहरीले कुटपिटमा संलग्न उनका श्रीमानसहित ७ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार, उनका श्रीमान् सन्तोष थापाले गाउँका केही व्यक्तिहरुसँग ऋण लिएका थिए ।

पहिले जग्गाको कारोबार गर्ने उनको पछिल्लो समय कारोबारमा समस्या आएको थियो । त्यहीबेला श्रीमती शारदाले पनि डिभोर्स गर्नलाई अदालतसम्म पुगेकी थिइन् ।

त्यसपछि श्रीमान् सन्तोष समेत भएर गाउँका अन्य व्यक्तिहरुले उनलाई बाँधेर कुटपिट गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।