सर्वोच्च अदालतका नवनियुक्त ६ जना न्यायाधीशले लिए पद तथा गोपनियताको सपथ



काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त ६ जना न्यायाधीशहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा न्यायाधीशहरुलाई प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ गराएका हुन्।

न्यायपरिषदले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेका सुनिल पोखरेल, बालकृष्ण ढकाल, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सारंगा सुवेदी र अब्दुल अजिज मुसलमानलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेलगत्तै बुधवार राष्ट्रपति पौडेलले नियुक्त गरेका थिए ।

बुधवार नियुक्त भएका न्यायाधीशहरुले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।