अनुसन्धान विभागका असई भट्टले गुमाए घरको छतबाट खसेर ज्यान



कैलाली । राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान सहायक (असई) को निधन भएको छ ।

घरको छतबाट खसेर घाइते भएका धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोल बस्ने अनुसन्धान सहायक रबिन्द्र भट्टको धनगढीस्थित निसर्ग हस्पिटलमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनी मंगलबार बिहान आफ्नै घरको छतबाट खसेर घाइते भएका थिए। बेहोस अवस्थामा उद्दार गरिएका भट्टको घाँटीको पछाडीको हड्डी भाँचिएको थियो।

भट्ट राष्ट्रिय अनुसन्धान विभागको महेन्द्रनरमा अनुसन्धान सहायकका रुपमा कार्यरत थिए ।