सशस्त्रको रंगशालामा चित्रकला प्रतियोगिता सम्पन्न, उत्कृष्ट १० जना पुरस्कृत



काठमाडाैं । सशस्त्र प्रहरी परिवार महिला संघले नेपाल एपिएफ रंगशालामा मंसिर २२ गते खुल्ला चित्रकला प्रतियोगिता संचालन गरेको छ ।

यूएनडिपी नेपालको सहकार्यमा सम्पन्न प्रतियोगितामा उत्कृष्ट भएका १० जनालाई प्रमुख अतिथी यूएनडिपीकी मिस आइशानी मेदागाङ्गोडा लाबे र सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेकी थिइन् ।

लंैगिक हिंसा बिरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानको अवसर पारेर आयोजना गरिएको प्रतियोगितामा ९२ जना सहभागी रहेका थिए ।

प्रतियोगितामा विभिन्न बिद्यालयका छात्रछात्राहरुको उपस्थिती हुनुको  साथै प्रतियोगिहरुले लैंगिक समानता, समता र महिला सशक्तिकरण सम्बन्धी चित्र मार्फत आफ्नो कला प्रस्तुत गरेका थिए ।

निरन्तर रुपमा विभिन्न समाजसेवाका कार्यहरु गर्दै आईरहेको सशस्त्र प्रहरी परिवार महिला संघले लैंगिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान अन्तर्गत ‘लैंगिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालवालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नारालाई अघि सार्दै प्रतियोगितको आयोजना गरेको हो ।

प्रतियोगितामा नेपालस्थित भारतीय, श्रीलंकन र साउथ कोरियन एम्बेसिका प्रतिनिधीहरु लगायत संघका पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।