इन्टरपोलको प्रतियोगितामा नेपाल प्रहरीको भिडियो सर्वोत्कृष्ट



काठमाडाैं । इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट भएको छ ।

इन्टरपोलको स्थापनाको १०० वर्षलाई विशेष उत्सवको रुपमा मनाउन इन्टरपोल इनोभेसन सेन्टरद्वारा “How do you envisage INTERPOL connecting and empowering global law enforcement for a safer world in 2030” विषयमा आधारित रहि “INTERPOL 100 Global Video Contest for Young Police Leaders” प्रतियोगितामा नेपाल प्रहरीका प्रहरी निरीक्षक नारायण थापा र प्रहरी निरीक्षक उमेश गुरुङ श्रेष्ठले बनाएको भिडियो सर्वोत्कृ्ष्ट भएको छ ।

निरीक्षकद्वयद्वारा निर्माण गरिएको जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, Artificial Intelligence का कारण भविष्यमा हुनसक्ने समस्याहरू समाधान गर्न र दिगो विकासको लक्ष्य प्राप्त गर्न ईन्टरपोलको अहम् भूमिका हुने विषय समेटिएको “Let’s Save the Planet-INTERPOL 100” विषयक सूचनामुलक छोटो भिडियो सर्वोत्कृष्ट हुन सफल भएको जनाइएको छ  ।

सन् २०२३ नोभेम्बर २८ देखि डिसेम्बर ०१ सम्म अष्ट्रियाको भियनामा आयोजना भईरहेको ईन्टरपोलको ९१ औं महासभाको पहिलो दिन इन्टरपोेलका प्रेसिडेन्ट मेजर जलर डा. अहमद नासिर अल रायसीबाट नेपाल प्रहरीलाई सम्मान स्वरूप प्रमाण-पत्र प्रदान गरिएको छ ।