कावासोतीको खर्कट्टामा हाइलक्स र ट्रक ठोक्कियो



नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गतको नवलपुर जिल्लाको कावासोती नजिकै ट्रक र निजी जिप ठोक्किएर दुर्घटना भएको छ ।

कावासोती नगरपालिका वडा नं. १ स्थित खर्कट्टा जंगलमा बा ७ ख ३२४८ नम्बरको ट्रक र विपरित दिशाबाट आउँदै गरेको बा २० च ९२११ नम्बरको हाइलक्स जीप ठोक्किएर दुर्घटना भएको छ ।

दुर्घटनामा जीपमा क्षति पुगेका छ भने कुनै पनि मानवीय क्षति नभएको जनाइएको छ ।