सशस्त्रले माग्यो एसपी बढुवाका लागि आवेदन, कहिलेसम्म सकिन्छ त आवेदन दिन ? (सूचनासहित)



काठमाडौं । सशस्त्र प्रहरी बलले प्राविधिकतर्फको सशस्त्र प्रहरी उपरीक्षक (एसपी) बढुवाका लागि आवेदन माग गरेको छ ।

सशस्त्र प्रहरी बलको बढुवा समितिले बुधबार एक सूचना प्रकाशित गर्दै प्राविधिक समूहअन्तर्गतको स्वास्थ्य र सञ्चार तथा इन्जिनियरिङतर्फ रिक्त रहेको एसपी बढुवाका लागि सम्भाव्य उम्मेदवारहरुले आफूले प्राप्त गरेको शैक्षिक योग्यता लगायतका बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रहरुका साथ अनुसूची–१३ बमोजिमको मूल्यांकन फारम भरी ७ दिनभित्र (२२ गतेसम्म) बुझाउनका लागि सूचना प्रकाशित गरेको छ ।

यसअघि सशस्त्रले मंगलबार प्राविधिक तर्फ ३ एसएसपी बढुवाको सूची प्रकाशित गरेको थियो ।