जलहरी प्रकरणको अख्तियारको अनुसन्धानमा नेतृत्व गरेका थिए दिवंगत सहसचिव कार्कीले



काठमाडौं  । पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानको नेतृत्व गरेका सहसचिव शेरजंग कार्कीको निधन भएको छ ।

सहसचिव कार्कीको आज (शुक्रबार) बिहान हृदयाघातबाट निधन भएको जनाइएको छ ।

जलहरी प्रकरणको अनुसन्धानपछि असार २० गतेदेखि राष्ट्रपतिको कार्यालयमा कार्यरत कार्कीले बिहीबारदेखि नै असहज महसुस गरेको र आज बिहान अस्पताल ल्याउँदा निधन भइसकेको जनाइएको छ ।

राष्ट्रपति कार्यालय, कानुन महाशाखामा कार्यरत कार्कीलाई आज बिहान सवा ७ अचेत अवस्थामा नर्भिक अस्पताल पु¥याइएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले जनाए । मिश्रका अनुसार अस्पताल ल्याउँदा सहसचिव कार्कीमा जीवनको कुनै संकेत थिएन । अस्पताल ल्याउनासाथ कार्कीलाई मृत घोषणा गरिएको मिश्रले जानकारी दिए ।

५२ वर्षीय कार्कीका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।