नेपाल प्रहरीको पोशाकको प्रयोगमा कडाई, फिल्म र गीतहरुमा प्रयोग गर्नुअघि हेडक्वार्टरको स्वीकृति आवश्यक



काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले विभिन्न चलचित्र, टेलिभिजन, सांगीतिक भिडियो वा सामाजिक सञ्जालमा प्रयोग भएको प्रहरीको पोशाकबारे ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआईजी) कुवेर कडायतद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपाल प्रहरीको पोशाक बिना स्वीकृति प्रयोग नगर्ने सबैलाई अनुरोध गरेका हुन् ।

विज्ञप्तिमा नेपाल प्रहरीको पोशाक र ब्याच प्रयोग गर्नुपूर्व नेपाल प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखाबाट पोशाक प्रयोग गर्नुको प्रयोजन र आवश्यकता अनुसारको भिडियोको स्क्रिप्ट समेत खुलाई पूर्वस्वीकृति लिन अनुरोध गरेको छ ।

त्यस्तै स्क्रिप्टबाहेक उक्त पोशाक र दर्ज्यानी चिन्ह प्रयोग गर्न नपाइने जनाइएको छ ।

No description available.