काठमाडौं प्याथल्याबको पाँचौ शाखा खुसीबुमा



काठमाडौं । काठमाडौं प्याथल्याब एण्ड डायग्नोस्टिक सेन्टर केपीएलले कालधार खुसीबुमा नयाँ शाखा सञ्चालन गरेर सेवा दिन थालेको छ । ल्यावको क्षेत्रमा विगत १२ वर्षदेखि सेवा दिदै आएको अन्तराष्ट्रिय मान्यताप्राप्त उक्त ल्यावको यो पाँचौ शाखा हो ।

यस प्याथल्याब सेन्टरले हालसम्म २ हजार भन्दा बढीको विभिन्न प्रकृतिका रोगसँग सम्बन्धीत स्याम्पलहरु परिक्षण गरिसकेको छ भने हाल दैनिक ३ सय हाराहारी परिक्षण भइरहेको केपीएलका म्यानेजर पुष्प लामिछानेले बताउनुभयो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला एलजी बाट “क” वर्गमासुचिकृत र अन्तर्राष्ट्रिय मापदण्डको ISO १५१८९; २०१२ बाट प्रमाणित अन्तर्राष्ट्रिय स्तरको काठमाडौं प्याथल्याब एण्ड डायग्नोस्टिक सेन्टरले थप नयाँ सेवा तथा परिक्षणहरु उपलब्ध गराउन थलेको लामिछानेको भनाई छ ।

उक्त ल्यावमा चिनि रोग परिक्षण, चिकित्सक परामर्श जस्ता सेवाहरु निःशुल्क दिन लागेको छ भने मृगौला, कलेजो, रगतमा बोसोको मात्रा, युरिक यसिड परिक्षण मात्र सय रुपियामा गर्ने भएको छ साथै अन्य रगत परिक्षणमा ३० प्रतिशत छुटको व्यवस्था समेत गरेको जानकारी गराएको छ । हर्मोनसम्बन्धी सम्पूर्ण टेष्ट गर्नका लागि छिटो र सर्वसुलभ रुपमा सेवा दिदै आएको यस ल्यावले नेपालमा परिक्षणा हुन नसकेर भारतका विभिन्न ल्यावहरुमा जाने परिक्षण जस्तैः– Insuline, C-peptide, PAPP-A, Free Bnch,GAD-65 जस्ता परिक्षणहरु सरल मुल्यमा अब आफ्नै ल्यावमा परिक्षण गराउन थालेको बताएको छ ।

IHC (Immuno Histoc Himestry) परिक्षण IHC मेसिन द्वरा फोक्सो क्यान्सर, स्तन क्यान्सर, सार क्यान्सर, प्रोस्टेट क्यान्सर, पाठेघरको क्यान्सर रोगको परिक्षण तथा उपचार सेवा दिने भएको छ । Multiple Myeloma, रक्तअल्पता Advance Capillary electrophoresis मेसिन द्वरा जाच गर्ने र बोन म्यारो क्यान्सर फ्लो साइटोमेट्री मेसिन द्वरा जाच गर्ने काठमाडौं पाथल्याब एण्ड डायग्नोस्टिक सेन्टरले जनाएको छ । नेपालका अधिकांश अस्पतालहरुले समेत स्याम्पल कलेक्सन गरेर परिक्षणका लागि काठमाडौं प्याथल्याव एण्ड डाइग्नोष्टिक सेन्टरमा पठाउने गरेका छन् ।