रहेनन् पूर्व वडाध्यक्ष मश्राङ्गी



रकुवा । तत्कालिन रकुवा गाविस वडा नं. ५ का वडाध्यक्ष फमबहादुर मश्राङ्गीको निधन भएको छ ।

लामोसमयदेखि क्यान्सर रोगबाट पीडित रहेका मश्राङ्गीको भरतपुरस्थित वीपी क्यान्सर अस्पतालमा उपचार गरिए पनि सुधार हुन नसक्दा निधन भएको जनाइएको छ ।

हालको बौंदीकाली गाउँपालिका वडा नं. ३ सिउन निवासी मश्राङ्गीलाई क्यान्सर देखिएपछि भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचारका लागि लामो समय राखिए पनि पछिल्लो समय सुधार हुन सकेको थिएन । उनको शुक्रबार निधन भएको उनको परिवारजनले जनाएको छ ।

नेपाली कांग्रेसका सक्रिय कार्यकर्तासमेत रहेका मश्राङ्गी सिउन गाउँको विकासका लागि हरेक पक्षमा सक्रिय रहने गरेका थिए ।