यी हुन् युवतीलाई घरमै बोलाई बलात्कार गर्ने पूर्वक्याम्पस प्रमुख गौतम



दाङ ।  देउखुरी बहुमुखी क्याम्पसका प्राध्यापक तथा पूर्वक्याम्पस प्रमुख शेषमणि गौतम बलात्कारको आरोपमा पक्राउ परेका छन् ।

आइतबार दिउँसो २१ वर्षीया युवतीलाई आफ्नै घरमा बोलाई बलात्कार गरेको आरोपमा लमही नगरपालिका–५ रातोडाँडास्थित उनकै निवासबाट पक्राउ गरिएको  जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।

पीडितले दिएको उजुरीका आधारमा पक्राउ परेका शेषमणि हिरासतमा राखेर अनुसन्धान भइरहेको डीएसपी गौतमले बताए ।

अदालतमा म्याद थप गरेर अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।