संसद् विघटनसम्बन्धी सबै रिट प्रधानन्याधीशको एकल इजलासमा



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनको विरुद्धमा सर्वोच्च अदालतमा परेका रिटमाथि आज सुनुवाइ हुँदैछ। आजको सुनुवाई प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको पूर्ण १ इजलासमा सुनुवाई हुने सर्वोच्च स्रोतले जनाएको छ ।

उक्त रिटमा अधिवक्ता शालिकराम सापकोटासमेतले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई मुख्य पतिवादी बनाएका छन भने अन्यले राष्ट्रपति कार्यालयलाई मुख्य प्रतिवादी बनाएका छन् ।

प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्द नेकपाका प्रमुख सचेतक देव गुरुङसहित चार सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। यो रिटसहित सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनका विरुद्द १३ रिट परेका छन् ।

१३ मध्यै १२ रिटको साधारण इजलासतर्फ बुधबारका लागि पेसी तोकिएको छ भने एक रिटको शुक्रवार संवैधानिक इजलासमा सुनुवाई हुने सर्वोच्च अदालतले जनाएको छ ।

अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार १२ रिटको साधारण इजलासतर्फ बुधबारका लागि पेसी तोकिएको हो ।

नेकपा सचेतक गुरुङसहित कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीले रिट दर्ता गराएका हुन् । रिटमा राष्ट्रपति, प्रधानमन्त्री र संघीय संसद सचिवालयका सभामुखलाई समेत विपक्षी बनाइएको छ ।