बढुवा भएका डिआईजीलाई दर्ज्यानी चिन्ह



काठमाडौं । नेपाल प्रहरीका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डिआईजी)मा बढुवा भएका १३ अधिकृतहरुले दर्ज्यानी चिन्ह लगाएका छन् ।

प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित विशेष कार्यक्रमबीच प्रहरी महानिरीक्षक बसन्त कुँवरले बढुवा भएका अधिकृतहरुलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।

सरकारले १३ एसएसपीहरुलाई बुधबार डिआईजीमा बढुवा गरेको थियो ।

डीआईजीमा बढुवा हुनेमा कुवेर कडायत, केदार ढकाल, विष्णु कुमार के.सी, भरत बहादुर बोहरा, रबिन्द्र के.सी, राजेशनाथ बास्तोला र चन्द्र कुवेर खापुङ रहेका छन् ।

यस्तै जनक भट्टराई, लालमणी आचार्य, सुरेन्द्र प्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञ विनोद पोखरेल, र बिकासराज खनाल पनि डीआईजीमा बढुवा भएका हुन् ।

बढुवा सिफारिसविरुद्ध मंगलबार एसएसपीहरु चक्रबहादुर सिंह र अनुराग द्विवेदीले लोक सेवा आयोगमा उजुरी दिएका थिए । तर उनीहरुको उजुरीले सिफारिस बदर भएन ।