प्रधानन्यायाधीस नियुक्ती गर्न संबैधानिक परिषदको बैठक जारी
काठमाडौं । प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक जारी छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा संबैधानिक परिषदको बैठक बसेको हो ।
तत्कालिन प्रधानन्यायधिस चोलेन्द्र शर्मा माथी महाअभियोग लागे पछि लामो समयसम्म कायम मुकायम प्रधानन्यायधिसवाट सर्वोच्च अदालत चल्दै आएकोमा संबैधानिक परिषदको बैठकसँगै नियुक्ति प्रक्रिया अघि बढनेछ ।
बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका संसदीय दल नेता केपी शर्मा ओलीलगायतको उपस्थिति रहेको छ ।