नेपाल प्रहरीका ४ डीआईजी एआईजीमा बढुवा सिफारिस (सूचीसहित)



काठमाडौं । नेपाल प्रहरीका चार जना नायव महानिरिक्षक (डीआईजी) अतिरिक्त महानिरिक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएका छन्।

गृह मन्त्रालय अन्तर्गतको बढुवा सिफारिस समितिले सोमबार डीआईजीहरू सन्दिप भण्डारी, सुदीप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङलाई एआईजी बढुवाका लागि सिफारिस गरिएको हो।

भण्डारी प्रहरी प्रधान कार्यालय कार्य विभाग, गिरी विशेष व्युरो, चौधरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय र तामाङ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत छन्।