प्रहरी जवान विकद्वारा आफ्नै कन्चटमा एसएलआर गोली हानी आत्महत्या



सुर्खेत । कर्णाली प्रदेश प्रहरी गणमा एक जना प्रहरी जवानले आत्महत्या गरेका छन् ।

बिहीबार बिहान २ः५६ को समयमा ड्युटी रहेका प्रहरी जवान कविन्द्र राम विकसले एसएलआरबाट दाहिने साईडको कन्चटमा गोली हानी आत्महत्या गरेका हुन् ।

दार्चुलाको अपी नगरपालिका–६ घर भएका २६ वर्षीय बिकले आफ्नै कन्चटमा एसएलआर गोली हानी आत्महत्या गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

२०७४ देखि नेपाल प्रहरीमा कार्यरत विकको दरबन्दी कालिकोटको प्रहरी चौकी सुकाटियामा रहेको थियो । तर उनी कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत रहेका थिए ।

घटनाको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक मिलन पाण्डेको कमाण्डमा ८ जनाको प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ ।