एकनाले भरुवा बन्दुकसहित फोक्सिङ्कोटका विक पक्राउ



पाल्पा – रामपुर नगरपालिका-१ फोक्सिङ्कोट पोख्रेल टोल बस्ने ७७ वर्षीय सन्त बहादुर बिकलाई एकनाले भरुवा बन्दुक १ थान सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

आफनो कुखुरा सोही ठाउँ बस्ने सुभराज बिकको कुकुरले खाएको बिषयमा सन्त बहादुरले एकनाले भरुवा बन्दुकले उक्त कुकुरलाई हानी मारेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रामपुर र प्रहरी चौकी केलादीबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।