बालाजु वृत्तको जिम्मेवारी डीएसपी कुँवरलाई, तानिए विष्ट



काठमाडौं । बालाजु प्रहरी वृत्तका डीएसपी रविन विष्टलाई उपत्यका प्रहरी कार्यालय तानिएको छ ।

बालाजु प्रहरी वृत्तका डीएसपी विष्टलाई मंगलबार उपत्यका प्रहरी कार्यालयमा तानेर जिम्मेवारीबाट हटाइएको हो । विष्टको ठाउँमा डीएसपी मनोजित कुँवरलाई पठाइएको उपत्यका प्रहरी कार्यालयका एआईजी दिवेश लोहनीले जानकारी दिए ।

बालाजु क्षेत्रमा सोमबार आन्दोलनमा उत्रिएका यातायात मजदुरहरूले प्रहरीका दुईवटा गाडीमा आगजनी गरेका थिए । आन्दोलनरत मजदुरहरूले बालाजु प्रहरी वृत्तका बा २ झ १४४ नम्बरको भ्यान र बा १ झ ७२२४ नम्बरको गाडी जलाएका थिए ।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले बालाजु क्षेत्रमा सोमबार भएको आगजनी र लुटपाटको घटनामा उचित सुरक्षा व्यवस्थापन गर्न नसकेको भन्दै डीएसपी विष्टलाई फिर्ता बोलाएको हो ।