देशभर थप ३२ जनामा कोरोना संक्रमण



काठमाडौं । पछिल्लो २४ घण्टामा ३२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार ११ सय ६२ जनाको नमुना परीक्षण गर्दा ३२ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै, मन्त्रालयका अनुसार हाल नेपालमा ६ सय ८८ जना संक्रिय कोरोना संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको उपचार गराइरहेकामध्ये ७ जना डिस्चार्ज भएको मन्त्रालयले जनाको छ ।

नेपालमा कोरोना संक्रमणका कारण हालसम्म १२ हजार १८ जनाले ज्यान गुमाएको मन्त्रालयको तथ्यांक छ ।