

टिपरको ठक्करबाट भक्तपुरमा २ जनाको मृत्यु

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका ८ आदर्शचोक नजिकै टिपरसँग ठोक्किएर मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
सूर्यविनायकबाट जगाती तर्फ जाँदै गरेको बा ८९ प ७८७६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ५२९८ नम्बरको टिपर आज बिहान सवा २ बजे आपसमा ठोक्किंदा दुई जना युवाको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका उनीहरुको भक्तपुर अस्पतालमा उपचारको क्रममा आज बिहान ३ बजे मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ । अन्दाजी २० वर्षका जस्ता देखिने ती युवाको सनाखत हुन बाँकी छ ।
टिपर चालकलाई प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ ।