छैटौँ दिनमा झलमल्ल घाम, आज चार प्रदेशमा भीषण वर्षाको सम्भावना (आगामी तीन दिनको मौसम)



काठमाडौं – लगातारको झरीले दिक्क भएको बेला पाँच दिनपछि आज आइतबार एकाबिहानैको झलमल्ल घामले राहत दिएको छ । गत मङ्गलबारदेखिको लगातारको वर्षाले कतै निस्कन नपाएर जनजीवन अस्तव्यस्त बनेको थियो । लगातारको झरीपछि आज आकाश उघ्रेर एकाबिहानै रापिलो घाम लागेपछि यहाँ राहत महसुस भएको हो ।

मनसुनी वायुको प्रभाव र तराई भू-भाग नजिक रहेको मनसुनी न्युन चापीय रेखाका कारण आज प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान देशभरको मौसम बदली रहेको छ। प्रदेश १, प्रदेश २, बाग्मती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।

दिउँसो पनि देशभर मौसम बदली रही प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका अधिकांश स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी र गण्डकी प्रदेशका अधिकांश स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भने अति भीषण वर्षाको सम्भावना रहेको छ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सोमबार दिउँसो देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको छ । राति प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मंगलबार दिउँसो पनि देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ । राति प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।