

आज यी जिल्लामा बाढीको जोखिम, सतर्क रहन आग्रह

काठमाडौं – मनसुनी वायुको प्रभावका कारण आज (सोमबार) देशका धेरै भू–भागमा वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
भारी वर्षाका कारण आज कन्काई जलाधारका साना सहायक नदीमा पानीको बहाव केही बढ्न सक्ने मौसमविदले बताएका छन् । केही साना नदीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ । कमला, वाग्मती, पश्चिम राप्ती, बबईमा बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै हुने पूर्वानुमान छ ।
आज नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य रहनेछ । कोसी र यसका स–साना सहायक नदीमा बहाव केही बढ्ने तथा केही साना नदीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।
आज बिहानको मापनानुसार कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सतर्कता तहभन्दा तलै रहेको मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज इलाम, झापा, मोरङ, सुनसरी, पाँचथर, उदयपुर, ओखलढुंगा, धनकुटा, संखुवासभा, सोलुखुम्बु, भोजपुर, ताप्लेजुङ, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, काठमाडौं, गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, पर्वत, कास्की, बागलुङ, नवलपुर, दाङ, बर्दिया र आसपास जिल्ला भई बहने स–साना नदी जलाधारमा बहाव केही बढ्ने र केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।
हेर्नुस् सूचना