

टिपरले ठक्कर दिंदा एक युवकको मृत्यु

काठमाडौं – काठमाडौंको दक्षिणकालीमा टिपरले ठक्कर दिंदा एक युवकको ज्यान गएको छ ।
दक्षिणकाली नगरपालिका– ६ मा गए राति बा २ क ४५५३ नम्बरको टिपरको ठक्करबाट मकवानपुरको भीमफेदी गाउँपालिका–८ का ३५ वर्षीय सन्तलाल लुम्बाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएक लुम्बाको उपचारको क्रममा राति नौ बजे नेपाल मेडिसिटी अस्पतलामा मृत्यु भएको हो । दुर्घटनापछि टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।