आजको राशिः मेषलाई धनलक्ष्मी योग पर्दा अन्यको दिन कस्तो ?

काठमाडौं । आज २०८१ साल कात्तिक ६ गते मंगलबार तदनुसार सन् २०२४ अक्टोबर २२ तारिख। कात्तिक कृष्ण पक्षको पञ्चमी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन हो। गैरसरकारी संस्थाबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। झगडा भएको भए कानुनले तपाईंलाई साथ दिनेछ। परिवारको सल्लाह अनुसार अगाडि बढ्नसके दिन रमाइलो बन्नेछ।

वृष : तपाईं राम्रो बोले पनि साथीभाइले नराम्रो सुन्ने अवस्था सिर्जना हुनसक्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उत्साह बढ्नेछ। संगठनका साथी अर्को कित्तामा गएकाले तपाईंले राजनीतिमा हात नलगाउनु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ।

मिथुन : दिन राम्रो छ। सामाजिक कामबाट लाभ मिल्नेछ। स्वदेशमा गरेको लगानीमध्ये निजी क्षेत्रबाट ठुलो फाइदा हुनेछ। विपक्षी साथी शान्त भएकाले काम सफल बन्नेछ। राजनीतिक क्षेत्रको सहकार्यले मन शान्त बन्नेछ।

कर्कट : लगानीको क्षेत्रमा अवरोध हुनसक्छ। एकल लगानी भन्दा सहकार्यमा गरेको काम भने सफल हुनेछ। पश्चिमको यात्रा नगर्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा भएको लगानीबाट सन्तोषजनक नतिजा प्राप्त हुनेछ। बिहानै पिपलको दर्शन गरेर दिनको सुरुवात गर्नु फाइदाजनक हुनेछ।

सिंह : आम्दानीका स्रोत राम्रा छन्। शुभग्रहको बहुमत भएकाले आम्दानी बढ्नेछ। भएको सम्पत्ति सदुपयोग गर्नुपर्ने दिन छ। पशुपन्छी र कृषि सम्बन्धी गरेको लगानीबाट राम्रो फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ।

कन्या : दिन राम्रो छ। साथीको साथ मिल्ने भएकाले लगानीको क्षेत्रमा लाभ हुनेछ। विपक्षी चलाख भएकाले सचेत बन्नुपर्ने दिन छ। विभिन्न अवरोध आए पनि तपाईंले सोचेका काम बन्नेछन्। परिवारको तर्फबाट रचनात्मक साथ मिल्नेछ।

तुला : आफ्नो उचाईको मूल्यांकन आफैंले गर्न नसक्दा पछुतो हुनसक्छ। सम्पत्ति कमाउने दिन हो। शुभ ग्रहको बल भएकाले तपाईंले दीर्घकालीन काम गर्नसक्ने योग छ। गुरुको साथ नभए पनि आफ्नो काम अगाडि बढ्नेछ। परिवारले रचनात्मक साथ दिनेछ।

वृश्चिक : बोलीको प्रभावले काम अगाडि बढ्नेछन्। सानो कुराले मनमा झन्झट बढ्नसक्छ। गणेशको तस्बिर वा मूर्तिको दर्शन मात्र गरेमा दिन सहज बन्नेछ। पश्चिमको यात्रा नगर्नु राम्रो हुनेछ।

धनु : दिन रमाइलो छ। रोगसँग लड्ने क्षमता बढ्नेछ। लगानीको क्षेत्रमा उत्साह बढ्नेछ। परिवारसँगको सल्लाहमा अगाडि बढेमा फाइदा हुनेछ। एकल निर्णय भन्दा सामूहिक निर्णय लिनु राम्रो हुनेछ।

मकर : साना कुराले मन अशान्त बन्नसक्छ। गणेशको सम्झना मात्र गरेमा दिन सहज बन्ने देखिन्छ। राज्यको निगरानी रहेकाले त्रास बढ्ने जोखिम छ। सामाजिक काममा भने सफलता मिल्नेछ। काम गर्दा सचेत बन्नु राम्रो हुनेछ।

कुम्भ : आफ्नै राशिमा शनिदेव पुगेका छन्। पञ्चम भावमा शुभ ग्रह भएकाले दिन रमाइलो बन्नेछ। कुनै रोगको नियमित औषधि खाने गरेको भए रोगबाट मुक्ति मिल्नेछ। धार्मिक व्यक्तिसँगको भेटले मन हलुका हुनेछ।

मीन : पेट सम्बन्धी समस्या हुने देखिन्छ। खानपानमा विशेष ध्यान दिनुपर्ने दिन छ। साथीसँग गरेको कारोबारमा अविश्वास बढ्ने देखिन्छ। प्राविधिक शिक्षाको लगानीमा सफलता मिल्नेछ। परिवारको साथ लिएर अगाडि बढेमा दिन सहज बन्नेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *