

इन्स्पेक्टर मिश्रलाई गृहको चेतावनी, ७ दिनभित्र उपस्थित नभए जागिर चट् !

काठमाडौं । गृहमन्त्रालयले नेपाल प्रहरीको प्राविधिक तर्फकी प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा. प्रिती मिश्रलाई सात दिने स्पष्टीकरण सोधेको छ ।
करिब साढे २ महिनादेखि कार्यालयमा बिना जानकारी अनुपस्थित रहेको र स्थायी ठेगानामा समेत नभेटिएकोले गृहमन्त्रालयले ७ दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन दिएको छ ।
यदि उपस्थित नभएमा सेवाबाटै हटाउने चेतावनी समेत मन्त्रालयले दिएको छ ।