

एयर डाइनेस्टी हेली दुर्घटनाः क्याप्टेन अरुण मल्लसहित हेलिकोप्टरमा रहेका पाँचै जनाको मृत्यु (नामसहित)

काठमाडौं । नुवाकोटको शिवपुरीस्थित गुर्जे भञ्ज्याङ नजिकै एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
दुर्घटनाग्रस्त हेलिकोप्टरबाट क्याप्टेनसहित ५ जनाको शव निकालिएको प्रहरीले जनाएको छ ।
हेलिकप्टर पाइलट अरुण मल्लबाहेक अरु चार जना चिनियाँ नागरिक रहेका थिए। उक्त हेलिकोप्टरमा चिनियाँ नागरिक जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु (महिला) र जेमिङ सी (पुरुष) रहेका छन् ।
क्याप्टेन मल्ल यसअघि केही वर्ष अघि सोलुखुम्बुको लुक्ला विमानस्थलमा पनि हेलिकोप्टर दुर्घटनामा परेका थिए । उक्त दुर्घटनामा सकुशल रहेका थिए ।